यू-१७ एसिया कप फुटबल छनोटमा नेपालले थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेईसँग खेल्ने – Nepal Press

यू-१७ एसिया कप फुटबल छनोटमा नेपालले थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेईसँग खेल्ने

काठमाडौं । यू-१७ एसिया कप फुटबलको छनोटको समूह विभाजन गरिएको छ । तालिकाअनुसार समूह एफमा रहेको नेपालले थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेईसँग खेल्नेछ । नेपाल रहेको समूहको खेल भियतनाममा हुनेछ ।

४४ वटा टिमलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ । छनोट प्रतियोगिता आगामी अक्टोबर १ देखि ९ तारिखसम्म सञ्चालन हुनेछ र प्रतियोगिताबाट १६ टिम फाइनल चरणका लागि प्रवेश गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *