नेपाली दर्शकलाई अर्को कमेडी ‘सो’, माग्ने बुढाको निर्देशनमा कमेडी हब – Nepal Press

नेपाली दर्शकलाई अर्को कमेडी ‘सो’, माग्ने बुढाको निर्देशनमा कमेडी हब

काठमाडौं । कमेडी सोहरुले नेपाली दर्शकमाझ दिनदिनै लोकप्रियता बढाइरहेको समयमा अनुभवी कलाकारहरुले ‘कमेडी हब’ ल्याएका छन्।

केदार घिमिरे ‘माग्ने बुढा’ले निर्देशन गर्ने उक्त कार्यक्रममा नाटक, प्रहसन, स्ट्यान्ड अप,प्यारोडी, हाँस्य कवितासहित हास्यका सबै विधाहरु समेटिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

राजा राजेन्द्र पोखरेलले परिकल्पना गरेको यो कार्यक्रममा उनी र माग्ने बुढासहित सुवोध गौतम, हिमेश पन्त, दीपेन्द्र प्रसाई, राजेन्द्र नेपाली ‘लट्टे’, जानुका पौडेल ‘प्याकुली’, दीलिप तामाङ ‘हुरहुर’, खड्ग बहादुर पुन ‘खबपु’, प्रभात लामा, संगम राई ‘लब्ली’, नारिया गिरी, राधिका कँडेल, बेदना राई ‘मैना’, सीता न्यौपाने, अनिल राई ‘आम्बो’, दीपेन्द्र प्रसाईँ, कल्पना खतिवडा, दीपेश घिमिरेलगायतको नियमित प्रस्तुती रहने छ।

कार्यक्रम मिडिया हबले उत्पादन गरेको हो। निर्देशक घिमिरेले कमेडि नेपाली जनजीवनका अनुभव, भोगाई, समस्या र समाधान सहित सबै उमेर, वर्ग, क्षेत्रलाई पूर्ण मनोरन्जन प्रदान गर्ने पारिवारिक कार्यक्रमका रुपमा कमेडी हब रहेको बताए।

कार्यक्रम एपी वान टेलिभिजनबाट हरेक बुधबार साँझ ८ बजेदेखि एक घण्टासम्म प्रशारण हुने छ। पहिलो प्रशारण बुधबार हुँने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर