छात्रालाई दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्सका शिक्षक पक्राउ – Nepal Press

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्सका शिक्षक पक्राउ

काठमाडौं । छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेका चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षकलाई पक्राउ गरिएको छ ।

ती शिक्षकलाई अहिले गौशाला प्रहरी वृत्तमा राखिएको काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

कक्षा ११ मा अध्ययनरत एक छात्राले ती शिक्षकविरुद्ध दुर्व्यवहारको आरोप लगाएकी छिन् । विद्यार्थीको समूहले अहिले गौशालास्थित प्रहरी कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर