ताप्लेजुङका विमलको मृत्युबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता – Nepal Press

ताप्लेजुङका विमलको मृत्युबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले ताप्लेजुङ मिक्वाखोला गाउँपालिका- २ का विमल कार्कीको मृत्युबारे छानबिन गर्ने प्रतिबद्धता जनाएका छन्

गत वैशाख २८ राति खोक्लिङको दुङ्जामा भीरबाट लडेर कार्कीको मृत्यु भएको थियो ।

एमाले नेता एवं ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य योगेश भट्टराई नेतृत्वको टोलीले मंगलबार गृहमन्त्रीलाई भेटेर घटनाको ध्यानाकर्षण गराएका छन् । उक्त टोलीसँग कुराकानी गर्दै गृहमन्त्री खाणले दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।

‘नागरिकको जीवनरक्षा गर्ने सरकारको दायित्व हो । घटनाको निष्पक्ष छानबिन हुन्छ । छानबिनका क्रममा कोही दोषी देखिए कानूनअनुसार कारबाही हुन्छ ’, गृकमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्रालयले जनाएको छ ।

सांसद भट्टराईले घटनाबारे छानबिन गर्न माग गर्दै गृहमन्त्री खाणलाई लिखित पत्रसमेत बुझाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *