शिक्षकले दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्सका विद्यार्थीको प्रदर्शन – Nepal Press

शिक्षकले दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्सका विद्यार्थीको प्रदर्शन

काठमाडौं । शिक्षकले दुर्व्यवहार गरेको भन्दै चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विधार्थी आन्दोलित भएका छन् । उनीहरूले शिक्षकमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले कलेजमा ढुंगामुढासमेत गरेका छन् ।

काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले घटनाबारे बुझ्ने काम भइरहेको बताए ।

‘गौशाला प्रहरी घटनास्थलमा पुगेको छ । के भएको हो भन्नेबारे बुझ्ने कामहरू भइरहेको छ’, एसपी मैनालीले नेपाल प्रेससँग भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *