भारतमा फेरि बढ्यो कोरोना संक्रमण, एकै दिन ४६ जनाको मृत्यु – Nepal Press

भारतमा फेरि बढ्यो कोरोना संक्रमण, एकै दिन ४६ जनाको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा दुई हजार २२ जनामा कोभिड संक्रमण देखिएको छ । योसँगै कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८३२ रहेको छ ।

यो कुल संक्रमितको शून्य दशमलब ०३ प्रतिशत हो । मन्त्रालयका अनुसार कोभिडबाट निको हुने समग्र दर ९८ दशमलब ७५ प्रतिशत छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा ४६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ४५९ जना पुगेको छ । भारतमा पछिल्लो समय कोभिड संक्रमितको संख्या फेरि बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर