मधेसमा एमालेको अर्को जित, सिरहा गोलबजारको मेयरमा श्यामकुमार निर्वाचित – Nepal Press

मधेसमा एमालेको अर्को जित, सिरहा गोलबजारको मेयरमा श्यामकुमार निर्वाचित

काठमाडौं । सिरहाको गोलबजार नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार श्यामकुमार श्रेष्ठ माओवादीका उम्मेदवार देवनाथ साहलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् ।

श्रेष्ठले ७,९०८ प्राप्त गरे भने साहले ५,७०१ पाए ।

त्यस्तै उपमेयरमा पनि एमालेकै उम्मेदवार निर्वाचित भएकी छन् । एमालेकी मान्ती साहले ७,७०३ ल्याएर माओवादीकी रेशमकुमारी थापालाई पराजित गरेकी हुन् । साहले ५,६४३ मत प्राप्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर