स्वस्तिमाको तारिफ गर्दै बालेनले भने : उहाँको एक्सप्रेसन नै बबाल – Nepal Press

स्वस्तिमाको तारिफ गर्दै बालेनले भने : उहाँको एक्सप्रेसन नै बबाल

काठमाडौं । काठमाडौं महानगरको भावी मेयरमा आफ्नो जित सुनिश्चित देखिएसँगै बालेन साह यति बेला तनावमुक्त छन् । चुनावको धपेडी सकिएको तर निर्वाचित भएर नयाँ जिम्मेवारी आई नसकेको संक्रमणकालीन समयमा केही फुर्सदिला पनि छन् उनी । यही फुर्सदको सदुपयोग गर्दै सोमबार एउटा फिल्मी कार्यक्रममा भाग लिन पुगे ।

दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चिसो मान्छे’ को प्रिमियरमा बालेनलाई निम्त्याइएको थियो गेस्टको रूपमा । कार्यक्रममा उनले छोटो भाषण पनि दिए ।

चलचित्रकी नायिका स्वस्तिमा खड्काको उनले खुलेर प्रशंसा गरे ।

‘उहाँको एक्सप्रेसन मलाई कति बबाल लाग्छ,’ बालेनले भने, ‘नबोल्दा पनि अनुहारले मात्रै पनि एक्टिङ गरिरहेको हुन्छ । उ यो पोस्टमा पनि कस्तो राम्रो एक्सप्रेसन छ ।’

स्वस्तिमाले स्थानीय चुनावमा बालेनलाई खुलेर सपोर्ट गरेकी थिइन् । उनका श्रीमान् निर्देशक निश्चल बस्नेतले पनि बालेनलाई मेयरमा जिताउन जोडतोडले लागेका थिए ।

कार्यक्रममा बालेनले चलचित्रका अभिनेता अर्पण कार्कीको पनि प्रशंसा गरे । कार्कीको कुनै पनि चलचित्र नछुटाई हेरेको उनको दाबी थियो ।

उनले नेपाली कला–संस्कृतिलाई विश्वमाझ पुर्‍याउनुपर्नेमा जोड दिए । विभिन्न भाषामा डबिङ गरेर नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण गर्नुपर्ने उनको सुझाव छ ।

‘हाम्रो पनि चलचित्र उत्तिकै राम्रा छन्, भाषा मात्रै फरक हो,’ बालेनले भने, ‘हामीले नेपाली चलचित्रलाई नेटफ्लीक्स, अमाजोनसम्म पुर्‍याउन सक्छौँ ।’


प्रतिक्रिया

One thought on “स्वस्तिमाको तारिफ गर्दै बालेनले भने : उहाँको एक्सप्रेसन नै बबाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *