सक्कली सुनको नमुना देखाएर इँटा विक्री गर्न खोज्ने गिरोह पक्राउ – Nepal Press

सक्कली सुनको नमुना देखाएर इँटा विक्री गर्न खोज्ने गिरोह पक्राउ

काठमाडौं । दाङ प्रहरीले नमुना सक्कली सुन देखाएर इट्टा विक्री गर्न खोजेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

उनीहरूले सस्तो मूल्यमा सुन विक्री गर्न लागेको भन्दै नमुनाका रूपमा सक्कली सुन देखाएको तर पछि विक्री गर्ने वस्तु माटोको इँटा रहेको प्रहरीको दाबी छ ।

दाङ प्रहरीका अनुसार आइतबार साँझ उक्त गिरोहले दाङको तुलसीपुर उपमहानगरपालिका-६ तुलसीपुरस्थित एकान्त होटेलमा सर्वसाधारणलाई ठगी गर्न लागेका थिए।

प्रहरीले दाङको राजपुर गाउँपालिका-६ का २६ वर्षीय राजकुमार बुढा, २४ वर्षीय प्रकाश खड्का र दार्चुलाको ब्यास गाउँपालिका-२ का २३ वर्षीय सुरेन्द्रसिंह धामी रहेका छन् ।

सल्यानको शारदा गाउँपालिका-१ की ४९ वर्षीया सावित्रा बुढाथोकी र सल्यानकै कुमाख गाउँपालिका-१ की ३० वर्षीय गीता बुढा रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *