कर्मचारीको न्यूनतम तलब ३० हजार पुर्‍याउन नेकपा एस निकट कर्मचारी संगठनको माग – Nepal Press

कर्मचारीको न्यूनतम तलब ३० हजार पुर्‍याउन नेकपा एस निकट कर्मचारी संगठनको माग

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन नेपालले आगामी बजेटमा आधारभूत तहका कर्मचारीको तलब न्यूनतम मासिक ३० हजार पुर्‍याउन माग गरेको छ ।

संगठनका अध्यक्ष मोहन कुमार घिमिरे नेतृत्वको टोलीले सोमवार अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाउँदै निश्चित समयको अन्तरालमा स्वचालित रूपमा कर्मचारीको तलब भत्ता वृद्धिको व्यवस्था गर्न माग गरेको हो ।

सो संगठनले सरकारी सेवामा कार्यरत अस्थायी एवं करारका कर्मचारीलाई मापदण्डको आधारमा एक पटकलाई उमेर हद नलाग्ने गरी स्थायी गर्न समेत माग गरेको छ ।

बजेटमा समावेश गर्ने २१ बुँदे सुझाव पेस गर्दै संगठनले सरकारी सवारी साधनको सुविधा प्राप्त गर्ने कर्मचारीको हकमा यातायात भत्ताको व्यवस्था गर्न समेत माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर