चुनावमा सहयोग गर्ने सबैलाई सरकारले दियो धन्यवाद, यी हुन् मन्त्रिपरिषद्का निर्णय (भिडिओ) – Nepal Press

चुनावमा सहयोग गर्ने सबैलाई सरकारले दियो धन्यवाद, यी हुन् मन्त्रिपरिषद्का निर्णय (भिडिओ)

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एकैचरणमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, मतदाता र राजनीतिक दल तथा सुरक्षाकर्मी लगाएतसवैमा धन्यवाद दिने निर्णय भएको बताए ।

सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनःएकीकरण आयोजनाका लागि स्वीट्जरल्यान्ड सरकारबाट बाट सरकारबाट प्राप्त हुने करिब ८६ करोड १३ लाख नेपाली रूपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गरेको प्रवक्ता कार्कीले जानकारी दिए । बैठकले राष्ट्र बैंकको नोट धुलाउने नियमावली २०७९ बनाउन स्वीकृत प्रदान गरेको छ ।

त्यस्तै जेठ १८ मा नर्वे र १९ गते फिनल्याण्डसँग हुने दुईपक्षीय परामर्श संयन्त्रको बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर