ईपीएल आयोजना हुन नदिए क्यानका प्रतियोगितामा सहयोग रोक्ने चेतावनी – Nepal Press

ईपीएल आयोजना हुन नदिए क्यानका प्रतियोगितामा सहयोग रोक्ने चेतावनी

काठमाडौं । एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेटका फ्रेन्चाइजहरुले नेपाल क्रिकेट संघ-क्यानले नेपाल टी-२० बाहेकका प्रतियोगितालाई मान्यता नदिएको प्रति ध्यानाकर्षण भएको बताएका छन् ।

प्रतियोगिता आयोजक आमिर अख्तरसहित सहभागी हुने फ्रेन्चाइजका मालिकहरूले सोमबार अपराह्न पत्रकार सम्मेलन गर्दै ईपीएल रोकिए क्यानले आयोजना गर्ने प्रतियोगिताहरूमा सहयोग रोक्ने चेतावनी दिएका छन् ।

यसअघि नेपाल टी-२० आयोजना हुन थालेपछि नेपालमा अन्य फ्रेन्चाइजले मान्यता नपाउने क्यानले बताएको थियो।

आगामी नोभेम्बरमा ईपीएल आयोजनाको तयारी भइरहेपनि क्यानले मान्यता दिएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर