रुपन्देहीमा छिमेकीबाट बालिका बलात्कृत – Nepal Press

रुपन्देहीमा छिमेकीबाट बालिका बलात्कृत

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी १२ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी छन् । तिलोत्तमा–५ सीमानगरकी बालिका आइतबार साँझ बलात्कृत भएकी हुन् ।

उनका छिमेकीले नजिकैको तिनाउ खोलामा लगेर बलात्कार गरेको र बालिका चिच्याएपछि स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बालिकामाथि बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका वडा नं ११ का ५९ वर्षीय पुरुषलाई पक्राउ गरेको जानकारी दिए । उनीमाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

अभियुक्तले बालिकालाई मिठाइ खान दिने प्रलोभन दिएर बलात्कार गरेको स्वीकारेको प्रहरीको भनाइ छ ।
बालिकालाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरी घर पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर