३४ अंकले घट्यो बजार, १ अर्ब ३६ करोडको कारोबार – Nepal Press

३४ अंकले घट्यो बजार, १ अर्ब ३६ करोडको कारोबार

काठमाडौं । आज पनि सेयर बजार घटेको छ । पछिल्लो समय निरन्तर घटिरहेको बजार आज ३४.२१ अंकले घटेको हो । १.५३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २२०० अंकमा झरेको छ ।

आज १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २२४ वटा कम्पनीका ३९ लाख १७ हजार ६५५ कित्ता सेयर खरिदबिक्री भएको छ ।

नबिल बैंकको आज सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो बैंकको ४ करोड १५ लाख ९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

सबैभन्दा धेरै सेयर मूल्य गुँरास लघुवित्त वित्तीय संस्थाको वृद्धि भएको छ । सो कम्पनीको ६.२० प्रतिशत सेयर मूल्यवृद्धि भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर