करण जोहरमाथि चोरीको आरोप ! – Nepal Press

करण जोहरमाथि चोरीको आरोप !

काठमाडौं । पाकिस्तानी गायक अबरार उल हकले करण जोहरले आफ्नो आगामी भारतीय चलचित्र ‘जुगजुग जियो’ मा आफ्नो गीत ‘नाच पञ्चाबन’ गैरकानूनी रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।

अनिल कपुर, नीतु कपूर, वरुण धावन र कियारा अडवाणी अभिनित नयाँ फिल्म ‘जुग्जग जीयो’ ले आफ्नो गीत कपी गरेको खुलाएका हुन् ।

अबरारले सामाजिक सञ्जालमार्फत आफ्नो गीतको राइट्स कुनै पनि भारतीय चलचित्र वा निर्मातालाई बिक्री नगरेको बताए । उनले करण जोहर जस्तो निर्माताले गीतको नक्कल गर्नु अस्वाभाविक भएको र आफ्नो गीतको अवैध प्रयोग गरेमा कानुनी कारबाही गर्ने धम्की समेत दिएका छन् ।

अबरार उल हकले आफ्नो ट्विटरमार्फत दुई वटा कुरा बताएका छन् । पहिलो, ‘मैले मेरो गीत ‘नाच पञ्जाबन’ कुनै पनि भारतीय चलचित्रलाई बेचेको छैन र क्षतिपूर्तिको लागि अदालत जाने अधिकार सुरक्षित राखेको छु। करण जोहर जस्ता निर्माताहरूले प्रतिलिपि गीतहरू प्रयोग गर्नु हुँदैन। यो मेरो छैटौँ गीत नक्कल गरिँदै छ जसलाई कुनै हालतमा पनि अनुमति दिइने छैन ।’

उनले अर्को ट्विटमा लेखेका छन्, ‘नाच पञ्जाबन गीतको कसैलाई पनि लाइसेन्स दिइएको छैन । यदि कसैले दाबी गरिरहेको छ भने सम्झौता पेस गर्नुहोस् । कानुनी कारबाही गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *