मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको विरोध प्रदर्शन (तस्बिरहरू) – Nepal Press

मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ ।

त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीको आयोजनामा मूल्यवृद्धिको विरोध प्रदर्शन भएको हो ।

त्रिपुरेश्वरबाट पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरुद्धमा र्‍यालीसहित आयल निगम केन्द्रीय कार्यालयमा पुगेर धर्ना दिइएको हो ।

सरकारले आइतबार रातिबाट लागु हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको छ ।

प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता नलिए जनघातीहरुर्लाइ नाङ्गेझार बनाउने चेतावनी दिए ।

जनताको ढाड सेक्नेगरी बढाइएको मुल्य वृद्धि फिर्ता नगरे सडकको बीचमा ल्याएर जनतामारालाई पछार्ने उनको चेतावनी छ ।

प्रधानमन्त्री देखि गृहमन्त्रीको मिलेमतोमा मृल्य वृद्धि भएको र राष्ट्र दोहन भइरहेको पनि आरोप अध्यक्ष गजुरेलले लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *