क्वाड सम्मेलनबारे चीनले दियो यस्तो प्रतिक्रिया – Nepal Press

क्वाड सम्मेलनबारे चीनले दियो यस्तो प्रतिक्रिया

काठमाडौं । जापानको राजधानी टोकियोमा मङ्गलवारबाट सुरु हुने क्वाड सम्मेलनलाई लिएर चीनले कडा प्रतिक्रिया दिएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका पाकिस्तानका विदेश मन्त्री विलावल भुट्टोसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा चीनका विदेश मन्त्री वाङ यीले क्वाडलाई अमेरिकाको इन्डो-प्यासिफिक रणनीतिसँग तुलना गरे ।

क्वाड इन्डो प्यासिफिकको एक हिस्सा भएको उल्लेख गर्दै यीले क्वाड संगठन चीन विरुद्धको षड्यन्त्र भएको दाबी गरे । तर यो षडयन्त्र सफल नहुने उनको भनाई छ ।

उनले भने, ‘यो रणनीतिको सार भनेको विभाजन सिर्जना गर्नु, द्वन्द्व भड्काउनु र शान्तिलाई कमजोर पार्नु हो । यो जस्तोसुकै बनोस् वा देखियोस्, यो असफल हुनेछ ।’

बेजिङलाई सीमित बनाउनको लागि वाशिङटनले क्वाडको रणनीति अघि सारेको समेत उनको दाबी छ । क्वाड संगठनमा भारत, अमेरिका, अस्ट्रेलिया र जापान सदस्य राष्ट्रको रूपमा रहेका छन् ।

क्वाडलाई भारत प्रशान्त क्षेत्रमा चीनको प्रभाव कम गराउने हेतुले स्थापना भएको संगठनको रूपमा लिने गरिन्छ भने यसको स्थापनाकाल देखी नै चीनले यसको विरोध गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर