मनोज पाण्डेबाट यौन शोषणमा परेकी युवती अदालतमा – Nepal Press

मनोज पाण्डेबाट यौन शोषणमा परेकी युवती अदालतमा

काठमाडौं । सुन्दरी प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेबाट यौनहिंसामा परेकी सुस्मिता रेग्मी अदालत हाजिर भएकी छन्। काठमाडौं जिल्ला अदालतमा अहिले उनको बयान भइरहेको छ ।

मानव बेचबिखन मुद्दामा पीडितको बयान प्रमाणित गराएर मात्र अभियुक्तविरुद्ध थुनाको म्याद दिइने भएकाले उनी अदालत पुगेकी हुन् । प्रहरीले पाण्डेविरुद्ध यौन दुर्व्यवहार र मानव बेचबिखन गरी दुईवटा मुद्दा अनुसन्धान गर्ने तयारी गरेको छ ।

आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा दोस्रो भएकी ती युवतीले आफूमाथि पाण्डेले पटक-पटक बलात्कार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेकी थिइन् । त्यसलगत्तै आइतबार एक किशाेरीले पाण्डेविरुद्ध यौन दुर्व्यवहारको उजुरी दिएकी थिइन् । उनले पहिचान खुलाएकी छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर