चरासँग ठोक्किएपछि जजिराको विमान लुम्बिनीमै ‘होल्ड’ – Nepal Press

चरासँग ठोक्किएपछि जजिराको विमान लुम्बिनीमै ‘होल्ड’

चरा इन्जिनभित्रै छिरेको शंका

रुपन्देही । चरासँग ठोक्किएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमान फर्कन सकेको छैन ।

१२१ यात्रु लिएर सोमबार बिहान २ बजे भैरहवामा अवतरण गर्ने क्रममा जजीरा एयरलाईन्ससँग चरा ठोक्किएको थियो । साढे २ बजे ३८ जना यात्रु लिएर फर्कने समय भएपनि चरा ठोक्किएसँगै सावधानी अपनाउँदै राति नै फिर्ता जानुपर्ने जजीराले अहिलेसम्म उडान गरेको छैन । जहाज अहिलेसम्म विमानस्थलमै छ ।

विमानस्थलका प्रवक्ता श्याम किशोर साहले बिहान आएको विमान चरासँग ठोक्किएपछि फिर्ता जान नसकेको बताए । ‘हवाईजहाजको बाहिरी भागमा रगत देखिन्छ तर रनवेमा कतै चरा देखिन्न, पाइलटले अवतरणको क्रममा चरासंग ठोक्किएको आशंका गरेका छन् । तर रनवेमा देखिनुपर्ने चरा देखिएन । चरा कतै ईन्जिनमा त गएन भनेर जहाज होल्ड भएको छ, उाीहरुको इन्जिनियरले चेक गरेपछि मात्रै उडान गर्ने जानकारी आएको छ’, साहले नेपाल प्रेससँग भने ।

१ सय २१ जना यात्रु बोकेर आएको जजीरा एयरलाईन्स राति पौने २ बजे चरासंग ठोकिए पनि सबै यात्रु सकुशल रहेका छन् । काठमाडौंबाट प्राविधिक आएर इन्जिनको चेकजाँच गरेपछि मात्र जजीराले उडान भर्ने साहले बताए ।

जेठ २ गतेदेखि जजीरा एयरलाइन्सले साताको ३ उडान गरिरहेको छ । सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको जजीराले निकट भविष्यमा दैनिक उडानको तयारीसमेत गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर