भक्तपुरका नवनिर्वाचित प्रमुखहरूलाई गृहमन्त्री खाणले दिए बधाई – Nepal Press

भक्तपुरका नवनिर्वाचित प्रमुखहरूलाई गृहमन्त्री खाणले दिए बधाई

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसबाट भक्तपुरका स्थानीय तहमा निर्वाचित प्रमुखहरूलाई बधाई दिएका छन् ।

आफ्नै निवासमा गृहमन्त्री खाणले मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलगायतलाई बधाई दिएका हुन् ।

कार्यक्रममा नेपाल तरुण दल पूर्वअध्यक्ष जितजङ्ग बस्नेत, नेपाल तरुण दलका वर्तमान अध्यक्ष विद्वान गुरुङ एवम् नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापासहितको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर