मोरङको रंगेलीमा एमालेको क्लिनस्वीप- मेयर र उपमेयरसहित ९ वटै वडामा जित – Nepal Press

मोरङको रंगेलीमा एमालेको क्लिनस्वीप- मेयर र उपमेयरसहित ९ वटै वडामा जित

विराटनगर । मोरङको रंगेली नगरपालिकाको मेयर उपमेयरसहित ९ वटै वडा एमालेले जित निकालेको छ।

नेकपा एमालेका उम्मेदवार दिलीप बगडियाले १२ हजार ६८१मत प्राप्त गर्दै मेयरमा निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मोदराज घिमिरेले ९०६१ मत प्राप्त गरे ।

यसै गरी उपमेयरमा पनि एमालेकै ११७९० मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका पन्नालाल मण्डलले ५१७५ मत प्राप्त गरे ।

रंगेलीको मेयरमा निर्वाचित बगडिया अघिल्लो कार्यकालमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

उनी मेयर छँदै नेकपा एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर