पर्साको ठोरीमा २३ वर्षीय युवकको ढुंगाले हानेर हत्या – Nepal Press

पर्साको ठोरीमा २३ वर्षीय युवकको ढुंगाले हानेर हत्या

काठमाडौं । पर्साको ठोरीस्थित बाघमोर्चा मन्दिर नजिकै अनुहार भरी चोट लागेर अचेत अवस्थामा भेटिएका २३ वर्षीय युवकको दुई दिनपछि आइतबार उपचारका क्रममा मृत्यु भएको छ ।

ठोरी गाउँपालिका-५ ठुलो बाघमोर्चा घर भएका प्रवीण पाख्रिनको उपचारका क्रममा वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको हो ।

अज्ञात समूहले शुक्रवार साँझ ढुंगाले अनुहार र टाउकोमा प्रहार गरेर भागेको थियो ।

बेहोस अवस्थामा भेटिएका युवकलाई तत्कालै उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ, भने अन्य तीन जना फरार रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर