पाण्डेविरुद्ध प्रहरी सम्पर्कमा आएकी दोस्रो पीडित अहिले पनि नाबालिग, हदम्याद आकर्षित नहुने – Nepal Press

पाण्डेविरुद्ध प्रहरी सम्पर्कमा आएकी दोस्रो पीडित अहिले पनि नाबालिग, हदम्याद आकर्षित नहुने

काठमाडौं । कन्सल्टेन्सी व्यवसायी मनोज पाण्डेबाट यौन हिंसामा परेको भन्दै सम्पर्कमा आएकी दोस्रो पीडित उमेरले नाबालिग भएको खुलेको छ । अझै १८ वर्ष मुनिको भएकाले उनको मुद्दामा हदम्याद आकर्षित हुँदैन ।

एउटा सौन्दर्य प्रतियोगिताकी प्रतियोगीलाई यौन शोषण गरेको आरोपमा पाण्डेलाई हिजो प्रहरीले पक्राउ गरेको थियो । त्यस लगत्तै यी किशोरी पनि पाण्डेबाट पीडित भएको भन्दै प्रहरी सम्पर्कमा आएकी हुन् ।

उनी एक जना साथी लिएर आज काठमाडौं प्रहरी परिसर पुगेको स्रोतले बतायो । त्यहाँ उनले मौखिक कुराकानी गरेपश्चात् उनलाई महिला सेल पठाइएको थियो ।

किशोरीले भोलि जाहेरी दिन सक्ने जनाइएको छ । कानूनअनुसार घटना भएको जति समयमा पनि नाबालिगले आफूमाथि बलात्कार भएको भनेर जाहेरी दिन सक्छिन् ।

बालिग भएको एक वर्षसम्म पुरानो घटनामा जाहेरी दिन पाइने कानूनी व्यवस्था छ । अन्यको हकमा भने घटना भएको एक वर्षभित्र जाहेरी दिइसक्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर