गाडी आयातकर्तालाई गभर्नरको आग्रह- धेरै गाई गोठ ग्यारेज भयो अब यसलाई कम गरौँ – Nepal Press

गाडी आयातकर्तालाई गभर्नरको आग्रह- धेरै गाई गोठ ग्यारेज भयो अब यसलाई कम गरौँ

काठमाडौं । सरकारले गाडी आयात रोकेको केही समय भएको छ । आज नेपाल उद्योग वाणिज्य महासंघको भएको कार्यक्रममा गाडी आयात कर्ता तथा वाणिज्य महासंघको उपाध्यक्ष अञ्जन श्रेष्ठले तरलता कहिलेसम्म रहन्छ भन्ने प्रश्न गरेको थिए ।

प्रश्नको जवाफ दिँदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले धेरै गाई गोठहरू ग्यारेज भइसकेको र अब त्यसलाई रोक्नु पर्ने बताए ।

आर्थिक स्थायित्वका लागि महासंघको पहल अन्तरक्रियामा कार्यक्रम बोल्दै गभर्नरले देशमा नै उत्पादन वृद्धि गर्नेभन्दा पनि विदेशी बस्तु ल्याएर विक्री गर्ने प्रचलन वृद्धि हुँदै गएको बताए ।

उनले भने, ‘बिस्तारै तरलता कम हुँदै जान्छ । तर तरलता यही समयमा सकिन्छ भन्ने छैन । नेपालको आर्थिक अवस्था पनि त्यति राम्रो छैन । सबैले ध्यान दिएर काम गर्नु पर्ने अवस्था रहेको छ । सबै मिलेर देशको अर्थतन्त्र बचाउने तिर लाग्नु पर्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले गभर्नर अधिकारीलाई ब्याजदर वृद्धि गर्दैमा निक्षेप संकलन वृद्धि नभएकाले ब्याजदर वृद्धि नगर्न आग्रह गरेको थिए ।

जवाफमा गभर्नर अधिकारीले निक्षेप संकल वृद्धि होस् भनेर ब्याजदर वृद्धि नगरिएको बताए ।

उनले भने, ‘व्यापारी साथीहरूलाई ब्याजदर वृद्धिले केही समस्या परेको होला । तर देशको हितलाई नै हेरेर ब्याजदर वृद्धि गरिएको हो । ब्याजदर वृद्धिले समग्र क्षेत्रमा फाइदा पुगेको छ । पैसा बिदेसिन कम गर्नका लागि नै ब्याजदर वृद्धि गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर