धरानमा एक युवकले आमालाई खुकुरी प्रहार गरी आफ्नै घाँटी रेटे – Nepal Press

धरानमा एक युवकले आमालाई खुकुरी प्रहार गरी आफ्नै घाँटी रेटे

काठमाडौं । धरानमा एक युवकले आमालाई खुकुरी प्रहार गरी आफूलाई पनि घाइते बनाएका छन् ।

धरान उपमहानगरपालिका- १४ स्थित हात्तीसारका २५ वर्षीय सौगात सुवेदीले ४२ वर्षीया आमा शान्तिलाई खुकुरी प्रहार गरेका हुन् । गम्भीर घाइते आमालाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सौगातले आफ्नो घाँटीसमेत रेटेको प्रहरीको भनाइ छ । उनको धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर