बरहथवामा कल्पनालाई दोब्बर मतको अग्रता, मधेसी बाहुल्य नगरमा पहाडी महिलाको जित निश्चित – Nepal Press

बरहथवामा कल्पनालाई दोब्बर मतको अग्रता, मधेसी बाहुल्य नगरमा पहाडी महिलाको जित निश्चित

सर्लाही । मधेसी जनघनत्व रहेको सर्लाहीको बरहथवा नगरपालिकामा यसपटक पहाडे महिला कल्पना कटुवालले जित सुनिश्चित गरेकी छन् । मतगणना अन्तिम चरणमा पुग्दा मेयरमा कटुवालले १० हजार ४३६ मतका साथ अग्रता लिइरहेकी छन् ।

दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका देवानन्द महतोले ५ हजार ५४९ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि एमालेकै रामबाबुप्रसाद साह ८ हजार ८३५ मतसहित अग्रस्थानमा छन् ।

दोस्रो स्थानमा कांग्रेसकी गंगा दाहालले ६ हजार २८४ मत पाएकी छन् । माओवादीकी सीतादेवी माझीले ५ हजार ३३९ मत प्राप्त गरेकी छन् । बरहथवामा कांग्रेसका बिुग चौधरी ५ हजार ४५६ मतसहित तेस्रो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेका छन् भने जसपाका जयप्रकाश यादवले २९८८ मत पाएका छन् ।

५ वर्षअघिको निर्वाचनमा पनि कल्पना र देवानन्द महतोबीच नै मेयरका लागि प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनमा ७ हजार ३०८ मत पाएर माओवादीका महतो विजयी हुँदा एमालेकी कटुवालले ५ हजार ८०७ मतमात्र प्राप्त गरेकी थिइन् ।

तर, यसपटक जनताले उनलाई पहिले पाएकोभन्दा दोब्बर बढी मत दिएका छन् । उनको विजय घोषणा हुनमात्र बाँकी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर