सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा विशेष छुट – Nepal Press

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा विशेष छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट दिने भएको छ । देशभरका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीअन्तर्गत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट पाउने छन् । आवासमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकको देशभर ११२ शाखा कार्यालयहरु, ३२ एटीएमका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर