काठमाडौं-१२ : सिर्जनाले अग्रता लिँदा सुमन सायमी तेस्रो, बालेन चौथो – Nepal Press

काठमाडौं-१२ : सिर्जनाले अग्रता लिँदा सुमन सायमी तेस्रो, बालेन चौथो

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर १२ को मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले कमजोर सुरूवात गरेका छन् । समग्र मतगणनामा अरुभन्दा धेरै अगाडि रहेका बालेन यस वडामा चौथो स्थानमा छन् ।

अहिलेसम्म यस वडामा १५१५ मतको गणना सकिएको छ । जसमा कांग्रेस उम्मेदवार सिर्जना सिंहले अग्रस्थान लिइरहेकी छन् । उनको ४५५ भोट आएको छ भने दोस्रो स्थानमा एमालेका केशव स्थापितले ३४३ भोट ल्याएका छन् ।

तेस्रोमा छन् स्वतन्त्र उम्मेदवार सुमन सायमी । उनको चुनावचिन्ह आँखीझ्यालमा २२१ भोट आएको छ । बालेनले २१८ भोट ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर