कन्चनपुरको कृष्णपुरमा कांग्रेस विजयी, मेयरमा हेमराज र उपमेयरमा द्रोपदी – Nepal Press

कन्चनपुरको कृष्णपुरमा कांग्रेस विजयी, मेयरमा हेमराज र उपमेयरमा द्रोपदी

महेन्द्रनगर । कन्चनपुरको कृष्णपुर नगरपालिकामा कांग्रेस विजयी भएको छ ।

मेयरमा नेपाली कांग्रेसका हेमराज ओझा १० हजार ४३४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २०० मत पाएका छन् ।

उपमेयरमा पनि कांग्रेसकै द्रौपदी राना विजयी भएकी छन् । उनले ९ हजार ६७५ मत पाउँदा एमालेकी रमिता रानाले ७ हजार ३१६ मत पाएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर