माल्भिकाको पक्षमा बोलेको भन्दै सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश – Nepal Press

माल्भिकाको पक्षमा बोलेको भन्दै सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश

‘३३ वर्षको आईमाईले थाहा छैन भनेर हुन्छ ?’

काठमाडौं । ८ वर्ष अगाडि आफूमाथि यौन शोषण भएको घटना सार्वजनिक गरेर चर्चामा आएकी सुस्मिता रेग्मीले पूर्वमिस नेपाल माल्भिका सुब्बामाथि थप आक्रोश पोखेकी छन् । माल्भिकाको समर्थन गरेको भन्दै उनले केही सेलिब्रिटीहरुलाई पनि निशाना बनाएकी छन् ।

टिकटकमा नयाँ भिडियोहरु पोष्ट गर्दै उनले आफ्नो थप भनाइ सार्वजनिक गरेकी हुन् । माल्भिकाले गरेको फेसबुक पोष्टमा कमेन्ट गरेका प्रियंका कार्की, निशा अधिकारी, नीति शाहलगायतका सेलिब्रिटीहरुको नाम नै लिएर रेग्मीले आलोचना गरेका छन् ।

उनको भनाइ जस्ताको तस्तैः

‘।।।म माल्भिकाको विरुद्ध छैन, तर मोर पावर टु यु दिदी भनेर लेखेको दैख्दा चैं मलाई तपाईंहरुको दिमागमा ।।। आई नो तपाईंहरुले बुझ्न सक्नुहुन्न किनकि तपाईंहरुको त्यो लेभलको अन्डरस्ट्यान्डिङ छैन । तर यदि उहाँले त्यो घटना भएको थाहा पाइसकेपछि मानौं क्लीयर हुनु हुन्नथ्यो रे । ३३ वर्षको आईमाईले मलाई थाहा थिएन भनेको म विश्वास गर्न सक्दिनँ ।

के भाको नेपाली सेलिब्रिटीहरु ? यता पनि ठिक्क, उता पनि ठिक्क । बोल्न मन छैन भने नबोल के । यो निशा अधिकारी मल्ल समथिंग, यो प्रियंका, नीति शाह।।। । मोडल्सहरु जसले माल्भिकाकोमा कमेन्ट गरेको छ नि, के भाको ? पढ्यालेख्या छैन ? बेसिक ह्युमानिटी भन्या थाहा छैन ?

जति पनि मान्छेले ‘सी इज ह्युमन, समटाइम्स पिपुल मेक मिस्टेक’ भनिरहेका छन्, ठीक छ । उहाँ पनि डिप्रेसनमा हुनुहुन्थ्यो । म बुझ्छु डिप्रेसन हुँदा कस्तो हुन्छ । तर यत्रो आठ वर्षको अन्तरालमा तपाईंले मलाई खोज्ने प्रयास गर्नुभयो ? म पनि त्यसमा इन्भल्भ थिएँ त्यसमा, म कोरियोग्राफर थिएँ, मेरो अन्डरमा २५ जना केटीहरु थिए, के चैं भएको रहेछ र त्यो बेलामा भनेर तिमीले खोज्ने प्रयास गरेउ ?

मेरो रिस माल्भिकासँग किन छ भने उसले मलाई अलिकति हेल्प गरेको भए म आज यति थोकबाट गुज्रिनुपर्थेन । माल्भिका, इफ यु आर वाचिङ दिस तिम्रो गल्ती के थियो भने तिमी त्यो पोस्टमा पुगिसकेको मान्छे, मेरो भ्वाइसले धेरै प्रभाव पार्छ भन्न सक्ने मान्छेले, त्यो बेला सिभियर डिप्रेसनमा थियौ रे, ठीक छ।।। डिप्रेसन भएको बेला अरुको लफडामा पर्दा आफूलाई ट्रिगर हुन्छ, आई टोटली अन्डरस्ट्यान्ड, तर त्यो आठ वर्षको अन्तरालमा त्यो १६ वर्षको बच्चीले मलाई यस्तो रेप भएको छ भनेर फोन गरेकी थिइ, मैले रेस्पोन्ड गरिनँ, कहाँ छे त्यो, जिउँदो छे कि सुसाइड गरेर मरिसकी भन्ने सोच्यौ ?

तिमीसँग टाइम थियो नि त यार माल्भिका । मैले तिमीलाई फोन गरेँ, तिमीले सपोर्ट गर्छौ कि भनेर । तिमीले के रहेछ भनेर छानीबन गरिदिएको भए मेरो कन्फिडेन्स बढ्थ्यो नि त । तिमीले पनि नपत्याएपछि यो कुरा त कसैलाई भन्नुहुँदैन रहेछ भन्ने म १६ वर्षको बच्चालाई पर्यो नि । यस्तो कुरा त कसैले पनि नपत्याउँदो रहेछ भन्ने भयो ।

जति पनि मान्छेले तिमीले आमाबुबालाई भन्नुपर्थ्यो भनिरहेका छन्, मलाई डर थ्यो के । मेरो आमाबुबाले ह्यान्डल गर्न सक्नुहुन्न भनेर । हार्ट अट्याक आयो भने के गर्ने ? समाजले के भन्ला ? समाजले के–के गरेको छ भनेर हामी सबैले सुन्दै आएका छौं । त्यसैले यो ‘रबिस’ लिएर मसँग नआउ, मेरो कमेन्ट्समा । हुन त तिमीहरुको नराम्रो कमेन्ट्सले मलाई फरक पनि पर्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *