आईएमई मोटर्सलाई ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्ड – Nepal Press

आईएमई मोटर्सलाई ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्ड

काठमाडौं । आईएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित भएको छ ।

भारतको कोचीमा शुक्रबारदेखि आयोजित ग्लोबल डिलर्स कन्फ्ररेन्समा अशोक लेलैन्डले आईएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त अवार्डबाट सम्मान गरेको हो ।

आईएमई मोटर्स नेपालका लागि अशोक लेलैन्ड इन्डियाको आधिकारिक बिक्रेता हो ।

अशोक लेलैन्ड इन्डियाले आईएमई मोटर्सलाई गत आर्थिक वर्षमा उत्कृष्ट व्यापार गरेबापत उक्त अवार्डबाट सम्मान गरेको हो । उक्त ग्लोबल कन्फ्ररेन्स शनिबार सकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर