किरणलाई किन टिमबाट हटाइयो ?: वरिष्ठ उपाध्यक्ष नेम्वाङ – Nepal Press

किरणलाई किन टिमबाट हटाइयो ?: वरिष्ठ उपाध्यक्ष नेम्वाङ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ट उपाध्यक्ष पंकज नेम्वाङले नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङलाई टिमबाट हटाइएको विषयमा प्रश्न उठाएका छन् ।

नेम्वाङले आइतबार आफ्नो सामाजिक सञ्चालमार्फत किरनलाई हटाउनुको कारण खुलाउन टिम म्यानेजर मुधुसुदन उपाध्यायलाई आग्रहसमेत गरेका छन् ।

‘नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ टिमबाट बाहिरिनुपर्ने कारण चै के रैछ ? टिम मेनेजरले प्रस्ट पारिदिनुपर्‍यो’, नेम्वाङले प्रश्न गरेका छन् ।

यसअघि अर्को वर्ष चीनमा आयोजना हुने एसियन कप छनोटको प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले आधारभूत आवश्यकताको माग गर्दा बारम्बार प्रशिक्षण छाडेर टिमबाट बाहिर जान भनेको भन्दै १० खेलाडीले प्रशिक्षण छाडेका थिए ।

माल्दिभ्समा व्यवसायिक फुटबल खेलिरहेका किरणले तिनै खेलाडीहरूको समर्थन गरेका थिए ।
त्यसैले किरणसहित १० खेलाडीलाई टिम बाहिर राख्दै प्रशिक्षक अल्मुताइरीले एसियन कप छनोटका लागि राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर