उपमेयरमा हारेपछि नेकपा एस उम्मेदवारका छोराले कुटे एमाले नेता, इटहरी तनावग्रस्त – Nepal Press

उपमेयरमा हारेपछि नेकपा एस उम्मेदवारका छोराले कुटे एमाले नेता, इटहरी तनावग्रस्त

इटहरी । नेकपा (एमाले)का प्रदेश १ सदस्य हिमाल सुवेदीलाई इटहरी उपमेयरमा पराजित केशव विष्टका छोरा कैलाश विष्टले हातपात गरेका छन् ।

आज बिहान विष्ट नेतृत्वको तीनजनाको समूहले सुवेदीलाई इटहरी संगीत चोक नजिकै हातपात गरेका हुन् ।

सुवेदीको आँखामा चोट लागेको छ। सुवेदीलाई हातपात गर्नुअगाडि विष्टले धम्कीपूर्ण म्यासेज गरेको सुवेदीले बताए।

हातपातको विरोधमा एमालेले नाराबाजी गर्दै इटहरीको इलाका प्रहरी कार्यालय अगाडि सडकमा धर्ना दिएका छन् । इटहरी प्रहरीलेले अहिलेसम्म कुटपिट गर्ने विष्ट नेतृत्वको समूहलाई पक्राउ गरेको छैन।


प्रतिक्रिया

One thought on “उपमेयरमा हारेपछि नेकपा एस उम्मेदवारका छोराले कुटे एमाले नेता, इटहरी तनावग्रस्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर