पराजयपछि पार्टी परित्याग, न्यौपानेले छाडे माओवादी – Nepal Press

पराजयपछि पार्टी परित्याग, न्यौपानेले छाडे माओवादी

हेटौंडा । हेटौंडाका नेता तथा वडा नम्बर १० मा वडाध्यक्ष उम्मेदवार भएका सन्तोष न्यौपानेले माओवादी केन्द्र परित्यागको घोषणा गरेका छन् ।

वडाध्यक्षमा तेस्रो भएपछि न्यौपानले पार्टी परित्यागको घोषणा गरेका हुन् । न्यौपानेले वडामा नेपाली कांग्रेसभन्दा एक मत मात्र कम भए राजनीतिबाट सन्यास लिने घोषणा गरेका थिए ।

वडा नम्बर १० मा उनले ३ सय ७६ मत कम ल्याएका थिए । उनले ३ सय ८ मत ल्याउँदा कांग्रेस उम्मेदवारले ६ सय ८४ मत ल्याएका थिए । वडा नम्बर १० मा नेकपा एमालेका फुर्वादोर्जे लामा ९ सय ७२ मतसहित वडाध्यक्षमा विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर