बादलमाथि तथानाम भनिएको प्रचण्डको फेसबुक पोस्ट १० मिनेटपछि हटाइयो
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट रामबहादुर थापामाथि तथानाम भनिएको पोस्ट डिलिट भएको छ ।
नेपाल प्रेसमा समाचार प्रकाशन भएपछि पोस्ट भएको १० मिनेटमा नै पोस्ट डिलिट गरिएको हो ।
कुनै एक ब्लगको लिंक शेयर गर्दै अध्यक्ष प्रचण्डको आधिकारिक ह्यान्डलबाट बादलप्रति आक्रोश र घृणा प्रकट गरिएको थियो । सो लिंकको हेडलाइनमा केपी ओली युवाहरूको मात्रै होइन विचार आस्थाका पनि बा हुनुहुन्छ भनेर बादलको फोटा राखिएको छ ।
त्यसैमाथि टिप्पणी गर्दै प्रचण्डको फेसबुक पेजबाट यस्तो लेखिएको छ— स्खलनको चरमता यही आस्थाका बा थिए भने २०५१ मै केपीको भजन गाएको भए हुने ।
लाखौँ युवालाई सपना देखाएर आज तीनै सपना बलात्कृत गर्ने बाहरूको चाकरी गर्न अलिकति पनि लज्जा लाग्दैन रु पतनको यो घीनलाग्दोपना किन प्रदर्शन गरी राख्छौ ?
हैट हदैसम्मको सामन्ती रहेछन् प्रचण्ड ।
सहि कुरो त भन्या रहेछ नि