काठमाडौं अपडेट : दोस्रो स्थानबाट स्थापितलाई सिर्जनाले गरिन् विस्थापित – Nepal Press

काठमाडौं अपडेट : दोस्रो स्थानबाट स्थापितलाई सिर्जनाले गरिन् विस्थापित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रस्थान कायम गरिरहँदा दोस्रो स्थानमा तीव्र प्रतिस्पर्धा छ ।

पछिल्लो अवस्थामा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमालेका केशव स्थापितलाई उछिनेकी छन् ।

हामीलाई प्राप्त विवरण अनुसार ९६ हजार ६४९ मतको गणना सकिँदा सिर्जना दोस्रो स्थानमा उक्लिएकी हुन् । ३६ भोटले उनी स्थापित भन्दा अगाडि छिन् ।

अहिलेसम्म सिर्जनाको १९ हजार १४९ भोट आएको छ भने स्थापितले १९११३ भोट ल्याएका छन् । पहिलो स्थानमा रहेका बालेन उनीहरूभन्दा धेरै अगाडि छन् ।

उनको लौरो चिन्हमा ३४ हजार ९४८ भोट आएको छ ।

अहिले काठमाडौंको ९ वटा वडामा मतगणना भइरहेको छ । जसमध्ये ७ वटा वडामा बालेन र दुई वटा वडामा स्थापितले अग्रता लिएका छन् ।

काठमाडौंको आधा जति मतगणना सम्पन्न भइसकेको छ । पछिल्लो पटक कांग्रेस र एमालेसँग बालेनको प्रतिशत मतान्तर केही कम भए पनि अग्रता निकै फराकिलो छ ।


प्रतिक्रिया

4 thoughts on “काठमाडौं अपडेट : दोस्रो स्थानबाट स्थापितलाई सिर्जनाले गरिन् विस्थापित

  1. जति वडाको मत गनेपनी बालेनकोे जति प्रस्ट भिजन अनि योजना अरू दुइ उम्मेदवारको छैन हौ। बालेणको योजना धाराप्रभारुपमा बगेको हुन्छ अनि अरू दुई प्रत्यासीहरुको अकमक्क परेर कनि कनि भनिरहेका हुन्छन। फेरि यत्रो मतको फरक हुँदा पनि पिक्चर तो अभि बाँकी है भनेर अन्तरवार्ता दिई रहेका हुन्छन। थाहा छैन अझै कोर एरिया भनेको चाहिँ कताको बाँकी छ। काठमाण्डु उपत्यकामा यि दुई उम्मेदवारको भला गरून्।

  2. मेरो त प्रतिश्पर्धी नै छैनन भन्ने को हो ?? अहिले दोश्रो स्थान् बाट नि बिस्थापित ???

  3. बालेन आयो टप्प टिप्यो ,मेयर लग्यो खोसेर आउदैन अब यो! अब एस्तै एस्तै १००० बालेन देशै भर जन्मने निश्चित हो। बुझिसके जनताले अब क्रान्तिको शशक्त बाटो एउटा स्वोस्तिक छापको ठाउँ परिवर्तन गर्नु पनि हो।🙏🙏

    1. देश lie Balen jasto जनशक्ति खाचो छ अबो काठमाण्डु को बासिन्दा जस्तो chan ako हुनु परो पार्टी को काम नै छैन

Leave a Reply to आगो को ज्वाला Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर