टी–२० शृङ्खलामा नेपालको सुखद अन्त्य: उपाधि युगान्डालाई – Nepal Press

टी–२० शृङ्खलामा नेपालको सुखद अन्त्य: उपाधि युगान्डालाई

काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा युगान्डालाई ३३ रनले पराजित गर्दै नेपालले सुखद अन्त्य गरेको छ ।

सुरुवाती तीन खेल गुमाएको नेपालले शृङ्खला दुई खेल अगावै पाहुना टिम युगान्डालाई सुम्पी सकेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ओपनर ज्योति पाण्डेको उत्कृष्ट ब्याटिङमा युगान्डालाई १ सय २४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । युगान्डाले २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्रै बनायो ।

सुरुवात देखिनै राम्रो प्रदर्शन गरेको नेपालका लागि सिता राना मगर र इन्दु वर्माले बलिङमा राम्रो प्रदर्शन गरेका थिए । इन्दु र सिताले चार÷चार ओभर बलिङ गर्दै समान २ विकेट लिए भने, अस्मिना कर्माचार्यले एक विकेट लिइन् ।

युगान्डाको ब्याटिङमा चौथो नम्बरमा क्रिजमा आएकी रिता मुुसामालीले सर्वाधिक २६ रनको योगदान गरिन् । ओपनर केभिन अविनो १५ रनमा पेभेलियन फकिँदा शाकिरा सादिक १३ रनमा अविजित रहिन् । भने,अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्।

पाँच खेलको शृङ्खलामा लगातार तीन खेल गुमाउँदै उपाधि युगान्डालाई सुम्पिएको नेपालले त्यसपछिका दुई खेल जित्दै शृङ्खलालाई ३–२ ले सुखद रूपमा टुङ्ग्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *