नेपालले युगान्डालाई दियो १ सय २४ रनको चुनौतीपूर्ण लक्ष्य – Nepal Press

नेपालले युगान्डालाई दियो १ सय २४ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । ओपनर ज्योती पाण्डेको उत्कृष्ट ब्याटिङमा नेपाली महिला क्रिकेट टिमले युगाण्डालाई १ सय २४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा आएको नेपालले महिला टी–२० शृङखलाको अन्तिम खेलमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रनको योगफत तयार गर्यो ।

नेपालका लागि ज्योती पाण्डेले उत्कृष्ट प्रदर्शन गरिन् । उनी सर्वाधिक ४९ रनको उत्कृष्ट इनिङ खेल्दै घरेलु मैदानमा पहिलो अर्धसतक बनाउने महिला खेलाडी बन्ने इतिहास रच्न चुकिन् ।

अर्कि ओपनर सिता राना मगर १७ रनमा पभेलियन फर्किइन् । चौथो नम्बरमा क्रिजमा आएकी ब्याटर कविता जोशीले १८ रनको अविजित इनिङ खेलिन् । कविताले १५ बलमा २ चौका र एक छक्का प्रहार गरिन् ।

अप्सरी वेगमले ११ रन जोडिन् । युगान्डाको वलिङमा कोनकी अवेको र फियोना कुलुमे ले समान एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर