अग्रता रोकिएपछि सुन्दरहरैँचाका मेयरको आरोप- कांग्रेसका सभापतिले सात सूर्यमा भोट खसाए – Nepal Press

अग्रता रोकिएपछि सुन्दरहरैँचाका मेयरको आरोप- कांग्रेसका सभापतिले सात सूर्यमा भोट खसाए

विराटनगर । मतगणनाको सुरूदेखि नै अग्रता लिइरहेका सुन्दरहरैँचा नगरपालिकाका निवर्तमान मेयर तथा कांग्रेसका मेयर उम्मेदवार शिवप्रसाद ढकाल पछिल्लो गणनामा पछाडि परेपछि आफ्नै पार्टीका नेताहरूमाथि एमालेलाई सघाएको आरोप लगाएका छन् ।

विराटनगर महानगरपालिका पछाडि मोरङको सबैभन्दा ठूलो नगरपालिकामा शुक्रबार साँझपछि एमालेका केदारप्रसाद गुरागाईँले ढकाललाई उछिनेर झिनो मतले अग्रता लिइरहेका छन् ।

अग्रता रोकिएपछि ढकालले शनिबार बिहान फेसबुक स्टाटसमार्फत मोरङ कांग्रेसका ६ नम्बर क्षेत्रका सभापति देबु तामाङ र नगर सभापति भक्ति सिटौलाले सात सूर्यमा भोट हलाएको आरोप लगाएका छन् ।

ढकालले सुन्दरहरैँचामा उनीहरूको असली अनुहार क-कस्ले चिनेको छ ? भन्दै स्थानीय निर्वाचनमा उनीहरुको भूमिका र कांग्रेस हराउन खोज्ने अरुको नाम पनि सिलसिलेवार आउँने बताएका छन् ।

पछिल्लो गणनाअनुसार एमालेका मेयर उम्मेदवार ढकाल १७ हजार ८२९ मतसहित अग्रस्थानमा छन् भने ढकालले १७ अवन ६११ मतका साथ पछ्याइरहेका छन् । कांग्रेस बलियो भएका कतिपय वडामा अपेक्षित मत नआएपछि उनले आफ्नै पार्टीका नेताहरूमाथि निशाना साँधेका हुन् ।

यहाँ कांग्रेस, माओवादी र नेकपा एसको गठबन्धन छ भने एमाले एक्लै लडेको छ । उपमेयरमा एमालेकी अकली चौधरीको जित सुनिश्चित भइसकेको छ । अघिल्लो निर्वाचनमा ढकालले गुरागाईँलाई पराजित गरेका थिए ।


प्रतिक्रिया

3 thoughts on “अग्रता रोकिएपछि सुन्दरहरैँचाका मेयरको आरोप- कांग्रेसका सभापतिले सात सूर्यमा भोट खसाए

  1. गठबन्धनका दलले एक अर्काप्रती बेइमानी गरे । नबराज चापागाईंको भोट हेर्दानी उनलाइपनी धोका भएको प्रस्ट छ अनि सुन्दर हरैचा 5 का काङ्ग्रेसि हरु पनि मेयर सङ रुष्ट देखिन्थे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर