काठमाडौं- २७ मा बालेनभन्दा स्थापित दोब्बर मतले अघि, २५ मा आँखिझ्यालको अग्रता – Nepal Press

काठमाडौं- २७ मा बालेनभन्दा स्थापित दोब्बर मतले अघि, २५ मा आँखिझ्यालको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिका- २७ मा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहभन्दा एमाले उम्मेदवार केशव स्थापितले फराकिलो अग्रता बनाएका छन् । ‘कोर एरिया’ भनेर चिनिनेमध्येको यो पनि एक वडा हो ।

यहाँ अहिलेसम्म २ हजार ७१७ मत गणनामा स्थापितले ८०४ मत पाएर अग्रता बनाएका छन् । उनलाई कांग्रेसकी सिर्जना सिंहले ६९५ मतका साथ पछ्याइरहँदा स्वतन्त्र उम्मेदवार शाहले ४३८ मत प्राप्त गरेका छन् । यहाँ अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीको आँखिझ्यालले ३१७ मत बटुेको छ ।

कोर एरियाभित्रकै अर्को वडा नम्बर २५ मा पनि स्वतन्त्र उम्मेदवार बालेन तेस्रो नम्बरमा छन् । जहाँ अर्का स्वतन्त्र उम्मेदवार सायमीको आँखिझ्यालले अग्रता लिइरहेको छ ।

हालसम्म १ हजार ९६५ मतको गणनामा आँखिझ्यालमा ४७३ मत परेको छ भने उनलाई एमाले उम्मेदवार स्थापितले ४५२ मतका साथ पछ्याइरहेका छन् । यहाँ बालेनको २९४ मत पर्दा कांग्रेसकी सिर्जना सिंहले २६७ मत प्राप्त गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर