काठमाडौंमा एक लाखभन्दा कम गन्न बाँकी – Nepal Press

काठमाडौंमा एक लाखभन्दा कम गन्न बाँकी

काठमाडौं । काठमाडौं महानगरपालिकामा अब गणना हुन एक लाखभन्दा कम मत बाँकी रहेका छन् । अहिलेसम्म काठमाडौंमा खसेको कुल मतमध्ये ९० हजार २९२ मत गणना भइसकेको छ ।

अब ९९ हजार १२८ मतमात्रै गणना हुन बाँकी रहेका छन् । महानगरमा कुल १ लाख ८९ हजार ४२० मत खसेको थियो ।

अहिलेसम्म काठमाडौंका १, २, ३, ४, ५, २८, २९, ३० र ३२ नम्र वडाको गणना सम्पन्न भइसकेको छ भने ६, ७, ८, ९, १०, २४, २५, २६, २७ र ३१ नम्बर वडाको गणना भइरहेको छ ।

खसेको मतमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ३३ हजार २६० मतका साथ अग्रता लिइरहेका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापित १७ हजार ६९२ मतका साथ उनलाई पछ्याइरहँदा सत्तारूढ गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह १७ हजार ५७९ मतसहित तेस्रो स्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर