प्रगतिशील पार्टीले जित्यो रुपन्देहीको मर्चवारी, अध्यक्षमा गया र उपाध्यक्षमा आशा निर्वाचित – Nepal Press

प्रगतिशील पार्टीले जित्यो रुपन्देहीको मर्चवारी, अध्यक्षमा गया र उपाध्यक्षमा आशा निर्वाचित

भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा जनता प्रगतिशील पार्टीका गया बरई निर्वाचित भएका छन् ।

४ हजार ३ सय ८५ मत प्राप्त गर्दै बरई निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रले ३ हजार २ सय ४५ मत प्राप्त गरे ।

एक हजार १ सय ४० मतान्तरले विजयी भएका गया नेपाली कांग्रेसबाट नै मर्चवारीको टिकट पाउने चर्चा थियो, अन्तिम समयमा पार्टीबाट टिकट नपाएपछि गया जनता प्रगतिशील पार्टी प्रवेश गरेका थिए ।

यस्तै, पालिका उपाध्यक्षमा पनि जनता प्रगततिशील पार्टीकै आशा सिंह २ हजार ९ सय ६५ मत ल्याई विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुमन यादवले २ हजार ४ सय ९ मत प्राप्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर