मकवानपुरको बागमती गाउँपालिका माओवादीले जित्यो, अध्यक्षमा फेरि घलान विजयी – Nepal Press

मकवानपुरको बागमती गाउँपालिका माओवादीले जित्यो, अध्यक्षमा फेरि घलान विजयी

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सर्केश घलान विजयी भएका छन् । घलानले ७ हजार ३८४ मत प्राप्त गर्दै दोस्रो कार्यकालको लागि विजयी भएका हुन् ।

घलानले उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खेम जर्गा मगरलाई १ हजार २१८ मतान्तरले पराजित गरेका हुन् । मगरले ६ हजार १६६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, गाउँपालिका उपाध्यक्ष पदमा नेपाली कांग्रेसका फणिन्द्र कुमार तिमल्सिना विजयी भएका छन् । उनले ७ हजार ९३५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी धनमाया स्याङ्तानले ४ हजार ६६९ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर