हेटौंडा उपमहानरमा गठबन्धनको जित, नेकपा एसकी मीना बनिन् मेयर – Nepal Press

हेटौंडा उपमहानरमा गठबन्धनको जित, नेकपा एसकी मीना बनिन् मेयर

हेटौँडा । वाग्मती प्रदेशको एक मात्र उपमहानगरपालिका मकवानपुरको हेटौंडामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी नेकपा एसकी मीना लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् ।

विजयी लामाले २३ हजार ७५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिपकबहादुर सिंह २० हजार ५ सय ३१ मतसहित तेस्रो बने ।

उपमेयरमा बानियाँ ३२ हजार ५ सय ९३ मत प्राप्त गर्दै विजयी बने । बानियाँका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा २३ हजार ९ सय ६ काफ्लेले मत ल्याउँदा तेस्रो स्थानकी राप्रपाकी इन्दीरा न्यौपानेले ५ हजार ४ सय ८६ मत प्राप्त गरिन् ।

१९ वटा वडा रहेको हेटौंडामा नेकपा एमालेले सबैभन्दा धेरै ९ वडामा जित हासिल गरेको छ । नेपाली कांग्रेसले ८ वटा वडामा विजयी हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीले एक–एक वडामा जित हात परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर