महानगरको पहिलो नतिजा आयो, विराटनगरको मेयरमा कांग्रेसका कोइराला भारी मतान्तरले विजयी – Nepal Press

महानगरको पहिलो नतिजा आयो, विराटनगरको मेयरमा कांग्रेसका कोइराला भारी मतान्तरले विजयी

काठमाडौं । ६ महानगरमध्ये पहिलोपटक विराटनगरको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला भारी मतान्तरले विजयी भएका छन् ।

कोइरालाले ३०, १७० मत पाए भने उनको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागर थापाले २१, ४५५ प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्की अत्यधिक मतका साथ विजयी भएकी छन् । कार्कीले २५, ६८० मत ल्याउँदा प्रतिस्पर्धी जसपाका अमरेन्द्र यादवले १४, २१९ मत पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर