शुक्रबारको पहिलो कारोबार, १५ अंकले घट्यो बजार – Nepal Press

शुक्रबारको पहिलो कारोबार, १५ अंकले घट्यो बजार

काठमाडौं । आजदेखि शुक्रबार पनि सेयर कारोबार सुरु भएको छ । सरकारले हप्तामा २ दिन बिदा दिन थालेपछि सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने भएको हो ।

शुक्रबार कारोबार हुन थालेको पहिलो दिन सेयर बजार १५.८२ अंकले घटेको छ । ०.७० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २२३५ अंकमा झरेको छ ।

आज ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर कारोबार आज १ अर्बभन्दा तल झरेको हो । २२३ वटा कम्पनीका २५ लाख २४ हजार २६८ कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज अरुण काबेली पावरको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको ३ करोड २ लाख ४५ हजार ५ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

त्यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै वृद्धि भएको छ । सो कम्पनीको २.७३ प्रतिशतले सेयर मूल्यवृद्धि भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर