नेशनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउण्डेशनबीच सम्झौता – Nepal Press

नेशनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउण्डेशनबीच सम्झौता

काठमाडौं । सिन्धुपाल्चोकको थोकर्पा गाउँपालिकामा सामुदायिक अस्पताल स्थापना गरी सञ्चालन गर्न नेशनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउण्डेशनबीच सम्झौता भएको छ । कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र फाउण्डेशनका तर्फबाट अध्यक्ष डा. सुमन थापाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार उक्त अस्पताल एक एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र व्यवस्थापन हुनेछ । सो अस्पतालको सञ्चालनमा आर्थिक सहयोग पु¥याउन ३ वर्षसम्म कम्पनीले प्रत्येक वर्ष २० लाख आर्थिक सहयोग गर्नेछ ।

सम्झौतामा डा. थापाले आर्थिक सहयोग उपलब्ध गराएकोमा कम्पनीलाई धन्यवाद दिए । कम्पनीको तर्फबाट खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशील भई शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापनमा सहयोग गर्दै आएको बताए ।

स्वास्थ्य क्षेत्रमा कार्यरत प्रतिष्ठित एक एक पाइला फाउण्डेशन वि.सं.२०७२ सालदेखि नेपालको दुर्गम क्षेत्रहरुमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गर्दै आइरहेको एक गैरसरकारी संस्था हो ।

कम्पनीको यस सहयोगबाट १५ शय्याको सामुदायिक अस्पतालको सञ्चालन भै उक्त क्षेत्र वरिपरिका करबि ५० हजार सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा पाउन आशा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर