एमालेले कागेश्वरी मनोहरा पनि गुमायो, मेयरमा कांग्रेसका कार्की निर्वाचित – Nepal Press

एमालेले कागेश्वरी मनोहरा पनि गुमायो, मेयरमा कांग्रेसका कार्की निर्वाचित

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेसका उपेन्द्र कार्की निर्वाचित भएका छन् । उपमेयरमा भने एमालेकी शान्ति थापा विजयी भएकी छन् ।

मेयरमा कार्कीले ११ हजार ३२२ पाए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत प्राप्त गरे।

उपमेयरमा एमालेकी थापाले ९ हजार ८७५ मत पाउँदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भोला चापागाईं ५ हजार ४२२ मत मात्र प्राप्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर