बझाङको केदारस्युँमा गठबन्धन विजयी, एमालेलाई हराउँदै नेकपा एसले जित्यो अध्यक्ष – Nepal Press

बझाङको केदारस्युँमा गठबन्धन विजयी, एमालेलाई हराउँदै नेकपा एसले जित्यो अध्यक्ष

काठमाडाैं । बझाङको केदारस्युँ गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट एकीकृत समाजवादीका गणेशबहादुर बोहरा ४,३२१ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लोकेशबहादुर भण्डारीलाई १,९१३ मतान्तरले पराजित गरेका हुन् । पराजित लोकेशबहादुर भण्डारीले २,४०८ मत ल्याएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका मनिषा धामी गुर्धामी ३,९३१ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी नाराकुमारी गुर्धामीले २,१४९ मत ल्याएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर