एमालेले असहयोग गरेको भन्दै कांग्रेस नगर सभापतिले दिए राजीनामा – Nepal Press

एमालेले असहयोग गरेको भन्दै कांग्रेस नगर सभापतिले दिए राजीनामा

सुर्खेत । रुकुमपश्चिमको मुसिकोट नगरपालिकामा नेकपा एमाले र आफ्नै दलले भोट नदिएका कारण आफूले हार व्यहोरेको भन्दै कांग्रेस नगर सभापति प्रेमबहादुर ओलीले पदबाट राजीनामा दिएका छन् ।

यहाँ एमाले-कांग्रेसको गठबन्धन थियो । नगर सभापतिबाट राजीनामा दिएका ओली मुसिकोट- १२ मा गठबन्धन दलका तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका थिए । उनले २७४ मत ल्याएका थिए भने नेकपा माओवादीका धिरन सिर्पालीले ५२६ मत ल्याई विजयी भए ।

‘स्थानीय तहको निर्वाचनमा म आफू वडाअध्यक्षको उम्मेदवार भएर निर्वाचन लड्दै गर्दा अपेक्षाकृत जनमत प्राप्त गर्न नसकेको र आफ्नै पार्टीबाट र गठबन्धन दल नेकपा एमालेका साथहिरुबाट असहयोग भई निर्वाचनमा हार व्यहोर्नुपरेको हो’, जिल्ला सभापतिलाई बुझाएको राजीनामामा ओलीले लेखेका छन्, ‘हार व्यहोर्दा पार्टीलाई असर परेको कारण मैले पदबाट राजीनामा दिइ जनता र पार्टीलाई आफ्नो भूमिकाबाट सहयोग गर्ने प्रतिबद्धता जनाउँदछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर